एक भाव थियो मनमा,
एक आशा को किरण सोचमा,
रुमलिएर बसेका ती चार भित्ताहरुका माझ मा,
शरीर त होइन आत्माको वेदना पक्कै...
अकाशबाट झरिरहेका पानी का थोपा,
अनि आँखाले बनाई दिएकी ती झर्ना,
र अन्योल मा परेकी मेरी मन,
टुलुटुलु ऐना मा हेरि आफुलाई नियलिरहेको यो मेरो अवस्था,
अाफूलाई नै ती गहन प्रस्नहरुको,
व्यंग्यले हानिरहेको थिए एक पछी अर्को गरि,
गल्ती हजार भएका रहेछन जानी नजानी,
तर बितेका कुरा कस्ले बदल्न सक्छ र,
केबल भबिस्य नै रहेछ अब हात मा...
पानी पछीको खुला अकास जस्तै,
अबका मेरा बिचार र मन,
प्रार्थना गर्दै संकल्प लियो यो मनले,
कि म बाट फेरि कहिले नहोस् ती भुलहरु।
No comments:
Post a Comment